neapl investment mega bank
  • गृहपृष्ठ
  • माओवादी केन्द्रका १५ पदाधिकारीः अध्यक्षमा प्रचण्डलाई टक्कर दिने आँट नभएकै हो त?

माओवादी केन्द्रका १५ पदाधिकारीः अध्यक्षमा प्रचण्डलाई टक्कर दिने आँट नभएकै हो त?

Dec 26th, 2021

आधारभूमि संवाददाता


काठमाडौं ११ पुस


नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशन आजदेखि शुरु हुँदै छ । महाधिवेशनको तयारी पूरा भएको मओवादीले जनाएको छ ।

माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी (केन्द्र)ले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।

केन्द्रीय समितिको बज बसेको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ ।

यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ । पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ ।

माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।

माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८९१–८० अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।

देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टीपङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिनुभएको थियो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै यसलाई आठौँ महाविधेशनको नाम दिइएको छ ।