काठमाडौ, पुस ११
क्रिसमस र न्यु इएरको उपलक्षमा निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ आयोजना गरेको छ । २६ डिसेम्बर देखी २ जनवरीसम्म हुन लागेको निसान विकमा निसान किक्सको खरिदमा २,५०,००० सम्मको डिस्काउन्ट पाउन सकिने छ । यसका साथै निसानले स्पट एक्सचेन्ज र भ्यालुएसनको सुबिधा पनि उपलब्ध गराएको छ ।
ग्राहकहरुले यो अवधिभर देशभर रहेको निसान शोरुम बाट टेस्ट राइड गरेमा १ लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन । साथ साथै हरेक ग्राहकहरुले एक वर्षको निःशुल्क बिमा, एक वर्षको निःशुल्क सडक कर, तीन वर्षको निःशुुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, लोयल्टी बोनस र अन्य अफरहरुको लाभ उठाउन सक्नेछन । यो अफर देशभर रहेका हरेक निसान शोरुम हरुमा लागू हुनेछ ।