neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘खेलकुदमा सधैं राजनीति हुने गरेको छ ‘- बाँस्कोटा

‘खेलकुदमा सधैं राजनीति हुने गरेको छ ‘- बाँस्कोटा

Dec 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौ ९ पुस

एमाले निकट नेपाल खेलकुद महासंघ ललितपुर जिल्ला कमिटीको पहिलो भेला आज सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न भेलाले नेपाल खेलकुद महासंघको ललितपुर जिल्ला कमिटीलाई पूणर्ता दिएको छ ।

एमालेका नेता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको भेलाले राजमान महर्जनको अध्यक्षतामा ७१ सदस्य रहेको जिल्ला कमिटी गठन गरेको छ ।

भेलाका प्रमुख अतिथि समेत रहेका बाँसकोटाले नेपाललाई खेलकुद जगतमा अगाडि लैजान नेकपा एमालले ठूलो भूमिका खेलेको वताए । उनले खेलकुदमा राजनीति हुदै आएको र अबका दिनहरुमा कुनै पार्टिले खेल जगतमा हस्तक्षेप नर्गन अनुरोध गरे ।

साथै उनले आगामी चुनावमा नेकपा एमालले जित्यो भने कुनै पनि खेलाडीले भोकभोकै खेल्लु नपर्ने र खेलाडीको आर्थिक समाजिक सुरक्षाको ग्यारेन्टी हुने आश्वासन दिए ।

भेलामा नेपाल खेलकुद महासंघका उपाध्यक्ष पर्शुराम बस्नेतले खेल क्षेत्रको सुव्यवस्थित विकासको लागि नीति निर्माणको काम भैरहेको जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi