neapl investment mega bank
  • गृहपृष्ठ
  • लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Dec 24th, 2021


काठमाडौ, पुुस ९

लुम्बिनी विकास बैंक लिमिटेडले शुक्रबार आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आ. ब. २०७७/०७८ को बार्षिक प्रतिबेदन पारित गरी आ.ब.२०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सगै शेयरधनीहरुलाई शुन्य दसमलव ६८ प्रतिसत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयर सहित कुल १३ दमसलव ६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४ आंै वार्षिक साधारण सभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७७–०७८को बार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।

बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।