आधारभूमि संवाददाता
काठमाडौ ९ पुस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको वताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा मसाल(सम्पर्क केन्द्र) सँगको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले आउने चुनावले कुन पार्टीको हालत के हुने भन्ने देखाउने समेत वताए ।
पार्टी एकीकरण कार्यक्रममा उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी शक्तिको संज्ञा दिदै आली गाउँगाउँमा शिला खोज्न निस्किएको बताए।
साथै उनले गत पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालेको आरोप लगाए ।
उनले ओलीको प्रयासलाई सबै मिलेर सफल हुन नदिएको बताए। अहिलेको पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउँदै लैजानु पर्नेमा उनले जोड दिए ।