neapl investment mega bank

सुनको भाउ घट्यो, कति पर्ला तोलाको ?

Dec 24th, 2021


आधारभूमि संवाददाता


काछमाडौ ९ पुस

आज सुनको भाउ घटेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य दुई सयले घटेर तोलाको ९३ हजार एक सयमा कायम भएको छ। अघिल्लो दिन सुन ९३ हजार तीन सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहको छ।