आधारभूमि संवाददाता
काठमाडौ, पुस ९
आज सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९३ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर ९३ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९२ हजार ६०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९२ हजार ८०० मा कारोवार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला एक हजार २६० तोकेको छ ।