आधारभूमि संवाददाता
काठमाडौ ९ पुस
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको राष्ट्रिय सम्मेलन आइरहेको बेला सो सम्वन्धी तयारीको छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन्।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।
साथै बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने पार्टीले जनाएको छ । माओवादीले यही पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ। सो सम्वन्धी तयारी लगभाग सकिएको जनाइएको छ ।