neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको रियल मड्रिडलाई आठ अंकको अग्रता

शीर्ष स्थानको रियल मड्रिडलाई आठ अंकको अग्रता

Dec 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ८
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले आठ अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई उसकै घरेलु मैदानमा २-१ गोलले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित करिम बेन्जेमाले दुई गोल गरे ।एथ्लेटिक बिल्बाओका ओइहन सन्केतले एक गोल गरे ।

खेलको चौथो मिनेटमा पहिलो र सातौं मिनेटमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको दशौं मिनेटमा बिल्बाओका ओइहन सन्केतले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र रियल मड्रिडले जित निकालेको हो ।

जितसँगै रियलले १९ खेलबाट ४६ अंक जोडेको छ र शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।पराजित बिल्बाओको १९ खेलबाट २४ अंक छ र दशौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi