neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बराबरीमा रोकिएपनि शीर्ष स्थानमा पीएसजीको १३ अंकको अग्रता

बराबरीमा रोकिएपनि शीर्ष स्थानमा पीएसजीको १३ अंकको अग्रता

Dec 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ८
पेरिस सेन्ट जर्मेन (पीएसजी) लोरिएन्टसँग १-१ गोलको बराबरीमा रोकिए पनि लिग वान फुटबलको शीर्ष स्थानमा १३ अंकको अग्रता कायम राखेको छ ।बुधबार राति भएको खेलमा पीएसजी र लोरिएन्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा पीएसजीको लागि माउरो इकार्डीले एक गोल गरे भने लोरिएन्टको थोमस मोनकन्डुइटले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लोरिएन्टले लिएको थियो।खेलको ४० औँ मिनेटमा लोरिएन्टका थोमस मोनकन्डुइटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर,दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पीएसजीका माउरो इकार्डीले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

त्यसअघि खेलको ८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो । पीएसजीका सर्जियो रामोसले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

बराबरीसँगै पीएसजीको १९ खेलबाट ४६ अंक छ र शीर्ष स्थानमा छ ।लोरिएन्टको १९ खेलबाट १६ अंक छ र १९औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi