neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा फेरी देखियो ओमिक्रोन संक्रमण, २२ जनामा डेल्टा भेरिएन्ट

नेपालमा फेरी देखियो ओमिक्रोन संक्रमण, २२ जनामा डेल्टा भेरिएन्ट

Dec 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ ७ पुस

नेपालमा फेरी एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएको छ । बुधवार ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो । ति व्यक्ति स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले वताएकी छन् ।

उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि प्रवक्ता मिश्रले जानकारी दिइन् । यसअघि पनि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् ।
यसैगरी २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनले जानकारी दिइन्। त्यस्तै पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै २७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रवक्ता मिश्राका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ ।