काठमाडौ, पुस ७
एन आई सी एशिया क्यापिटल लिमिटेडको सञ्चालकमा रुपेश लुईटेल नियुक्त भएकाछन । कम्पनीका अनुसार बुधबार सम्पन्न भएको संचालक समितिको १०१ औं बैठकको निर्णय बमोजिम आजदेखि लागु हुने गरि क्यापिटलको संचालक समितिको सदस्यमा चार्टर्ड एकाउण्टेण्ट लुईटेललाई नियुक्त गरिएको हो ।
उनी सनराइज बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडमा गरी १० वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव रहेकोे छ । उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएको जानकारी दिएको छ ।