neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न

प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Dec 22nd, 2021

काठमाडौ, पुस ७
प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा मंगलबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिसतका दरले हुने दुई अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको शुन्य दसमलव ६३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको छ ।

सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यस अघिपनि बैंकको सञ्चालक रहेका थिए । साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नेे शेयरधनीहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारण सभामा अध्यक्ष श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगेर आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।