neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आज पनि घट्यो सुनको भाउ

Dec 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ ७ पुस

सुनको मूल्य आज पनि घटेको छ । आज बुधबार थप ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज र नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ ।
मंगलबार पनि ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको थिायो । यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने बढेको छ । गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत मंगलबार चाँदी तोलामा १० रुपैयाँले नै घट्दै एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi