neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

घरेलु मैदानमा युभेन्ट्सको सहज जित

Dec 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ७
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मोइस केन र फेडेरिको बर्नार्डेचीले एक-एक गोल गरे ।

खेलको ४० औँ मिनेटमा मोइस केनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ८३ औँ मिनेटमा फेडेरिको बर्नार्डेचीलेले गोल गरेपछि युभेन्ट्सले जित निकालेको हो ।

जितसँगै युभेन्ट्सले १९ खेलबाट ३४ अंक जोडेको छ र पाँचौं स्थानमा उक्लिएको छ । पराजित काग्लियारीको १९ खेलबाट १० अंक छ र १९ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi