आधारभूमि संवाददाता
काठमाडौ ६ पुस
पछिल्लो २४ घण्टामा २ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय ३२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा ५ हजार २ सय ४२ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार मंगलबार १७ हजार ८९ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये १२ हजार ४ सय ७३ को पीसीआर र ४ हजार ६ सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गकोरोना रिएको थियो
त्यस्तै पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ५ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
।