neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपो ईन्नो वल्र्डका छुट्टाउनै नहुने शिर्ष पाँच आकर्षणहरु

ओपो ईन्नो वल्र्डका छुट्टाउनै नहुने शिर्ष पाँच आकर्षणहरु

Dec 21st, 2021

काठमाडौ, पुुस ६
कल्पनागर्नुहोस् एउटा स्थानको जहाँविश्वका हरेक कुनाबाट ओपो फ्यान्स एकअर्कासंग कनेक्ट हुँदै, शेयर गर्दै अत्याधुनिक नवप्रबर्तन अनुभव गर्दैछन् ।विश्वनै विश्वब्यापी महामारीसंग लडिरहेको बेला ओपोले आफ्ना विभिन्न प्राविधिक सफलताहरु प्रदर्शित गर्नका लागि आयोजना गर्ने आफ्नो बार्षिक प्राविधिक समारोह ओपो ईन्नो डेको स्वागतार्थ भर्चुअल खेल मैदान ईन्नो वल्र्डको निर्माण गरी “भर्चुअस ईन्नोभेशन” (सद्गुण नवाचार) को बाचा पुरा गरेको छ । ईन्नो वल्र्ड रोमाञ्चक प्रविधिद्वारा सुसज्जित रहेको छ । ती मध्ये पनि हेर्न छुट्टाउनै नहुने पाँच शिर्ष प्रविधिका बारेमा यस लेख मार्फत जानकारी प्रदान गर्ने प्रयास गरिएको छ ।

१. ब्यक्तिगत ईन्नो वल्र्ड अवतार मार्फत रचनात्मकता
लेडर ज्याकेट, टोर्न जिन्स र लामो कपालका साथमा कतै तपाईँको मनमा पनि रक स्टार बन्ने चाहना लुकेको छ की ? ओपोको भर्चुअल वल्र्डमा विभिन्न अवतार स्किन्स र एक्सेसरिजको छनोट गरी यहाँ तपाईँ रक स्टार बन्न सक्नु हुन्छ । ईन्नो वल्र्डमा, मात्र केही क्लिक्स मार्फत तपाई आफ्नो अवतारलाई नाम दिन सक्नुहुन्छ , तिनको स्टाइल छनोट गरी विभिन्न एक्सेसरिज मार्फत एउटा छुट्टै पहिचान दिन सक्नु हुन्छ ।

२. ओपोका नवीनतम अभुतपूर्व आविष्कारहरुको अनुभुती
ईन्नो वल्र्ड, वास्तविक संसार झैँ कुनै प्रतिबन्धा सिमित छैन । यसको फाइदा उठाउँदै ईन्नो वल्र्डका वास्तुकारहरुले हरेक विल्डिंग तथा आकृति त्यसमा निहित प्रविधि प्रतिबिम्बित गर्ने किसिमले बनाइएका छन् । ईन्नो वल्र्डमा विभिन्न प्रदर्शनी स्थलहरु रहेका छन्, तर यहाँ हाम्रा नजरमा उत्कृष्ट लागेका केहीका बारेमा जानकारी प्रस्तुत गर्दे छौं ।

क्यामेराको प्रतिकात्मकतामा डिजाइन गरिएको ईमेजिंगहल मार्फत ओपोले आफ्नो भिजन अनुरुप प्रयोगकर्तालाई तिनका दैनिक जीवनका सुन्दर पक्ष नियाल्न सघाउने आफ्ना शक्तिशाली ईमेजिंग प्रविधिहरुका बारेमा जानकारी प्रस्तुत गरेको छ । त्यसैगरी, रेनोभेटर्स शोरुममा आगन्तुकले विश्वभरका यूवा कलाकारका कला सामग्रीको मज्जा लिन सक्छन् । कला र प्रविधि विचको अन्तर सम्बन्ध देखाउने उद्देश्यका साथ यसलाई दिइएको घुमाउरो आकारका कारण बिल्डिंग सहजै पहिचानमा आउँछ । केन्द्रमा रहेको वर्ग मार्फत ओपोले आफ्नो प्राविधिक समारोह ओपो ईन्नो डे २०२१को लाइभ स्ट्रिमिङ गरेको थियो । ईन्नो डेका दौरान के कस्ता अत्याधुनिक नवप्रर्बतनात्मक प्रविधि सार्वजनिक÷प्रदर्शित हुनेछन् भन्ने ईशारा गर्ने उद्देश्यका साथ मयूरका चम्किला प्वाँख झैँ देखिने हल पनि भर्चुअल मेला स्थलमा देख्न सकिन्छ ।

३. नयाँ मित्रहरु भेट्दै कनेक्टेड रहनुहोस्
ईन्नो वल्र्डमा हरेक अवतार अभिब्यक्तिका लागि स्वतन्त्र छन्, वरपरका विभिन्न क्षेत्र नियाल्दै गर्दा तिनले आफू वरपरका जो कोही संग च्याट गर्दै कनेक्टेड रहन सक्छन् । आगन्तुकले आफ्ना भनाई तथा अनुभूति ब्यक्त गर्न सकुन् भन्ने उद्देश्यका साथ ईन्नो वल्र्डमा बुलेटिन बोर्डको ब्यवस्था पनि गरिएका छन् ।

साथै, आफ्नो अवतार माथि ईमोजीको प्रयोग गरी विश्वलाई तपाईँ कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्ने जानकारी पनिदिन सक्नु हुन्छ ।

४. ओपोको भविष्यको एचक्यूसंग सेल्फी लिनुहोस्
भर्चुअल विश्वसंगको आशा अनुरुप ईन्नो वल्र्डपनि लिपिबद्ध कथाबाट अछुटो छैन । आगन्तुकले घुम्दै गर्दा शेन्चनमा अवस्थित ओपोको भविष्यको मुख्यालयको डिजिटल कपी पनि देख्न सक्नु हुनेछ । आर्किटेक्ट जाहा हडिडद्वारा डिजाइन गरिएको यो चमत्कारिक वास्तुकला आगन्तुकले खोजी गरि भेटाउन् भन्ने उद्देश्यका साथ ईन्नो वल्र्ड भित्र लुकाएर राखिएको छ ।

५. ओपोका साथमा भविष्यको पूनःकल्पना गर्नुहोस् :
ओपोका हरेक कार्य कम्पनीको ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड” मा आधारित हुने गरेको छ । यसैको निरन्तरता अनुरुप ओपोले ईन्नो वल्र्ड मार्फत पारम्परिक अनलाइन लञ्चका कार्यक्रम भन्दा पृथक अनलाइन र अफलाइन दुबैको सर्वोत्कृष्ट पाटो समेटेर अभुतपूर्व स्पेसको सिर्जना गर्दै थप फिचरका साथ प्रस्तुत गरेको छ । ईन्नो वल्र्ड विश्वभरका मानिसलाई भेला गरी नवप्रबर्तनका साथमा ओपोसंगै भविष्यको पूनः परिकल्पना गर्न सिर्जित एक स्थान हो ।

ओपोको आन्तरिक प्रविधिको प्रदर्शनीकै उपजकारुपमा विकसित ओपो ईन्नो डेको यो सार्वजनिक कार्यक्रमका रुपमा तेस्रो बर्ष हो । यसका साथै यो अहिले कम्पनीका नविनतम प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने एक विशिष्ट समारोहकारुपमा विकसित भइसकेको छ । भविष्यमा पनि ओपोले आफ्ना फ्यान्ससंग अझ अन्तरक्रियात्मक कार्यक्रमकारुपमा ईन्नो डे का नयाँ संस्करणलाई थप विकसित गर्दै सबैका लागि प्राविधिक पर्वका रुपमा प्रस्तुत गर्दै लैजाने कार्यलाई निरन्तरता दिनेछ ।