आधारभूमि संवाददाता
काठमाडौँ ६ पुस
एमालेको सहभागितामा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूची तय सो बैठक बसेको हो । प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज मंगलबार बस्दैछ ।
सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी भए पनि विगतमा झैँ एमालेले संसद अवरूद्ध भने कायमै राख्ने बुझीएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ ।
मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको छ । तर एमालेको अवरोधका कारण सम्भावित कार्यसूचीमा एमसीसी नपर्ने आशंका गरिएको छ ।