neapl investment mega bank
  • गृहपृष्ठ
  • देशभार चिसो बढ्दैः आज कतै हिमपात, कतै हुस्सु र कुहिरो

देशभार चिसो बढ्दैः आज कतै हिमपात, कतै हुस्सु र कुहिरो

Dec 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौ ,६ पुस

नेपालमा हाल न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरू भएको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ। महाशाखाका अनुसार हाल पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकि भू भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

तराईका भूभागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

महाशाखाका अनुसार मंगलबार बिहान गरिएको मापन अनसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको छ।

आज मंगलबा दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।