neapl investment mega bank
  • गृहपृष्ठ
  • लेभान्टेमाथि भ्यालेन्सियाको रोमान्चक जित

लेभान्टेमाथि भ्यालेन्सियाको रोमान्चक जित

Dec 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ६
स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले जित निकालेको छ । सोमबार राति भएको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ४-३ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन गोन्कालो गुडेस र कार्लोस सोलरले दुई-दुई गोल गरे ।लेभान्टेको जोसे क्याम्पाना,रोजर मार्टी र एनिस बर्दीले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता लेभान्टेले लिएको थियो । खेलको २१ औं मिनेटमा जोसे क्याम्पानाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए।

खेलको २४ औं मिनेटमा रोजर मार्टीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ४४ औं मिनेटमा भ्यालेन्सियाका गोन्कालो गुडेसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५० औँ मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलरले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।७२ औं मिनेटमा कार्लोस सोलरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए।

खेलको ८५ औं मिनेटमा गोन्कालो गुडेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-२ ले अघि बढाए।

इन्जुरी समयको पहिलो मिनेटमा लेभान्टेका एनिस बर्दीले गोल गर्दै खेल ४-३ को स्थितिमा ल्याए ।

इन्जुरी समयको पाँचौं मिनेटमा दुबै टोली १० खेलाडीमा समेटिएर खेल अन्त्य गरेका थिए ।

जितसंगै भ्यालेन्सियाले १८ खेलबाट २८ अंक जोडेको छ र सातौं स्थानमा छ ।पराजित लेभान्टेको १८ खेलबाट ८ अंक छ र पुछारमा छ ।