neapl investment mega bank
  • गृहपृष्ठ
  • आइ.सि.एफ.सि. फाइनान्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

आइ.सि.एफ.सि. फाइनान्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

Dec 20th, 2021

काठमाडौ, पुुस ५
आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले सोमबार आम्रपाली ब्यांक्वेट, थिरवम सडक, भाटभटेनी, काठमाडांैमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पू“जीको १४ प्रतिसत (१० प्रतिशत बोनश शेयर तथा चार प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बा≈य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पूजी रु.एक अर्ब दुई करोड बयालीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २० वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १९ वटा ए.टि.एम. मार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आ.व. सम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र १३ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।