neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

Dec 20th, 2021

काठमाडौ, पुुस ५
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएकाछन । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगाल्नु भएका पाण्डे यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसकेकाछन । कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाईसकेकाछन भने सानिमा क्यापिटलको संचालक पनि भईसकेकाछन । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।