neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

यी उपसिचवको सहसचिवमा बढुवा

Dec 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ ५पुस

प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका छन् । बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेको समितिले जनाएको छ ।

त्यस्तै, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछालाई पनि बढुवा गर्ने समितिको निर्णय छ ।

यसैगरी लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi