neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

न्युकासलको पोस्टमा सिटीको चार गोल

Dec 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ५
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-० गोलले पराजित गरेको हो ।

न्युकासलको घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई जित दिलाउन रुबेन डेस,जोआ कान्सेलो,रियाद महारेज र रहिम स्टर्लिंगले एक-एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा रुबेन डेसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २७ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६४ औं मिनेटमा रियाद महारेजले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ८६ औं मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसंगै म्यानचेस्टर सिटीले १८ खेलबाट ४४ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित न्युकासल युनाईटेडको मड्रिडको १८ खेलबाट १० अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi