काठमाडौ, पुुस ४
एभरेष्ट बैंक लिमिटेडको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अनुसार यही पुुस एक गते भर्चुअल माध्यमबाट सम्पन्न साधारण–सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७७ /०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले शेयरधनीहरुलाई आ.ब २०७७/०७८ का लागि छ प्रतिसतका दरले हुुन आउने ५३ करोड ३६ लाख २३ हजार ३१ रुपैयाँ बराबरको बोनस सेयर र चार दसमलव ३२ प्रतिसतका दरले हुने ३८ करोड ४२ लाख आठ हजार पाँच सय ८३ रुपैयाँ बराबरको नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले प्रस्तावित ५३ करोड ३६ लाख २३ हजार ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार एक सय ७८ रुपैयाँबाट बृद्धि भई नौ अर्ब ४२ करोड ७३ लाख ४० हजार दुई सय नौ रुपैयाँ हुने भएकाले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । सभाले आ.ब २०७८/७९ को लागि सुन्दर एंड कम्पनी,चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।
बैकले हाल देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँच वटा शाखा संजाल, प्रादेशिक कार्यालय , एक सय ३८ एटिएम बुुथ सहित सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दे आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।