neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा युभेन्ट्सको सहज जित

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सको सहज जित

Dec 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ४
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० गोलले पराजित गरेको हो ।

बोलोग्नाको घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटा र जुआन कुएड्राडोले एक-एक गोल गरे ।

खेलको छैटौं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ६९ औँ मिनेटमा जुआन कुएड्राडोले गोल गरेपछि युभेन्ट्सले जित निकालेको हो ।

जितसँगै युभेन्ट्सले १८ खेलबाट ३१ अंक जोडेको छ र छैटौं उक्लिएको छ । पराजित बोलोग्नाको १८ खेलबाट २४ अंक छ र १० औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi