neapl investment mega bank

लीड्समाथि आर्सनलको सहज जित

Dec 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ४
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लीड्सलाई ४-१ गोलले पराजित गरेको हो ।

लीड्सको घरेलु मैदानमा आर्सनललाई जित दिलाउन गेब्रियल मार्टिनेलीले दुई गोल गरे भने बुकायो साका र एमिल स्मिथ रोएले एक-एक गोल गरे ।लीड्सका राफिन्हाले एक गोल गरे ।

खेलको १६ औँ मिनेटमा गेब्रियल मार्टिनेलीले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको २८ औँ मिनेटमा गेब्रियल मार्टिनेलीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ४२ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ७५ औँ मिनेटमा लीड्सका राफिन्हाले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८४ औँ मिनेटमा एमिल स्मिथ रोएले गोल गर्दै टोलीलाई ४-१ सहज को जित दिलाए ।

जितसंगै आर्सनलले १८ खेलबाट ३२ अंक जोडेको छ र चौंथो स्थानमा छ ।पराजित लीड्सको १८ खेलबाट १६ अंक छ र १६ औँ स्थानमा छ ।