आधारभूमि संवाददाता
काठमाडौ, ३ पुस
इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले चार अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा इन्टर मिलानले सालर्निटानालाई ५-० गोलले पराजित गरेको हो ।
इन्टर मिलानलाई जित दिलाउन इभान पेरिसिक,डेन्जेल डम्फ्रिज,एलेक्सिस सान्चेज,लाउटारो मार्टिनेज र रोबर्टो गग्लिअर्दिनिले एक(एक गोल गरे ।
खेलको ११ औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा डेन्जेल डम्फ्रिजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
दोस्रो हाफको ५१ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।
खेलको ७७ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।
त्यसपछि खेलको ८७ औं मिनेटमा रोबर्टो गग्लिअर्दिनिले गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए ।
जितसँगै इन्टर मिलानले १८ खेलबाट ४३ अंक जोडेको छ र शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।पराजित सालर्निटानाको १८ खेलबाट आठ अंक छ र पुछारमा छ ।