neapl investment mega bank
  • गृहपृष्ठ
  • बायर्न म्युनिखको फराकिलो जित ,लेवान्डोस्कीको कीर्तिमान

बायर्न म्युनिखको फराकिलो जित ,लेवान्डोस्कीको कीर्तिमान

Dec 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ३ पुस
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा बायर्न म्युनिखले वुल्फ्सबर्गलाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन थोमस मुलर,डेओट उपमेकानो,लेरोय साने र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे ।

खेलको सातौं मिनेटमा थोमस मुलरले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५७ औँ मिनेटमा डेओट उपमेकानोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ५९ औं मिनेटमा लेरोय सानेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ८७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

यस गोलसँगै रोबर्ट लेवान्डोस्कीले बुन्डेसलिगामा एकै वर्ष सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।लेवान्डोस्कीले यो वर्ष बायर्न म्युनिख र पोल्याण्डका लागि ५९ खेलमा ६९ गोल गरेका छन् ।

जितसँगै बायर्नले १७ खेलबाट ४३ अंक जोडेको छ र शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । पराजित वुल्फ्सबर्गको १७ खेलबाट २० अंक छ र १२ औं स्थानमा छ ।