neapl investment mega bank

सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

Dec 17th, 2021


आधारभूमि संवाददाता

काठमाडौ २ पुस

आज पनि सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ ।

हिजो विहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो ।

हिजो बिहीबार पनि सुन तोलामा ७ सयले बढेको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने हिजोको तुलनामा तोलामा १५ रुपैयाँले वृद्धिहुँदै आज एक हजार २५० रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।