neapl investment mega bank
  • गृहपृष्ठ
  • निक्षेप १.३ प्रतिशतले बढ्दा कर्जा ५.७ को बृद्धि, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मेहम्मे

निक्षेप १.३ प्रतिशतले बढ्दा कर्जा ५.७ को बृद्धि, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मेहम्मे

Dec 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष २

आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको छ । तर सोहि समयमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.० प्रतिशतले बढेको थियो ।

तर , अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.४ प्रतिशतले बढेको थियो । २०७८ कात्तिक मसान्तमा मात्रै्र यस्तो कर्जा २८.५ प्रतिशतले बढेको छ । साथै २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७.२ प्रतिशतले मात्रै बढेको छ ।

२०७८ कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.१ प्रतिशत, ३३.१ प्रतिशत र ५२.३ प्रतिशत रहेको राष्ट्र बैंंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्रतिशत र ५०.१ प्रतिशत रहेको थियो ।

२०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.७९ प्रतिशत रहेको छ । २०७७ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४२.६६ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ११.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

निक्षेपको तुलनामा कर्जाको बृद्धि भारी भएकाले राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।