आधारभूमि संवाददाता
काठमाडौं, पुष २
सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ ।स्ट्यामफोर्ड ब्रिज स्टेडीएममा बिहीबार राति भएको खेलमा चेल्सीले एभर्टनसँग १–१ गोलको बराबरी खेलको हो ।
घरेलु मैदानमा चेल्सीको लागि मेसन माउन्टले एक गोल गरे भने एभर्टनको लागि जरार्ड ब्रान्थवेटले एक गोल गरे ।
दोस्रो हाफको ७० औँ मिनेटमा मेसन माउन्टले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।
तर,खेलको ७४ औँ मिनेटमा एभर्टनका जरार्ड ब्रान्थवेटले गोल गर्दे खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीको १७ खेलबाट ३७ अंक छ र तालिकाको तेस्रो स्थानमा छ । एभर्टनको १७ खेलबाट १९ अंक छ र १४ औं स्थानमा छ ।