हेर्नुस् प्रेस विज्ञप्ति
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली र मतदान स्थलरकेन्द्र स्वीकृत सम्बन्धमा
मिति २०७८र१०र१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले प्रदेश सभा सदस्यहरु ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १४९३ गरी जम्मा २०२५ जनाको मतदाता नामावली मिति २०७८।९।१ गते स्वीकृत गरेको छ । यसैगरी यस निर्वाचनका लागि प्रदेश नं। १ मा २ वटा मतदान स्थलरकेन्द्र र अन्य ६ वटा प्रदेशमा १र१ वटा मतदानस्थल भित्र २र२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरु तोकिएका छन् ।
प्रदेश नं। १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, बिराटनगर र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला, बिराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश नं। २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने गरी तोकिएको छ ।
(शालिग्राम शर्मा पौडेल)
सहसचिव एवं प्रवक्ता