neapl investment mega bank
  • गृहपृष्ठ
  • कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

Dec 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ १ पुस

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्रीमा विजयी भए भने शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् ।

कांग्रोसको १४ औं महाधिववेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् ।

महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा उत्रिएका थिए ।