neapl investment mega bank
  • गृहपृष्ठ
  • महामन्त्री पदमा पराजित हुने आशंकामा डा. मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिदैे

महामन्त्री पदमा पराजित हुने आशंकामा डा. मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिदैे

Dec 16th, 2021


आधारभूमि संवाददाता

काठमाडौ ,१ पुस


रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। कांग्रेस महामन्त्रीका उमेदवार रहेका रिजालले आफू पराजित भएको भन्दै राजिनामा दिने वताएका हुन्।

उनी नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी हुन् । मतगणनामा गगन तथा विश्प्रकाश भन्दा कम मत पाएपछि पराजीत भएको भन्दै केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

तर मतगणना सकिएको छैन । हलसम्मको मतगणनामा उनी महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन्।

उनी डा शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए। जारी महामन्त्रीको मतगणनामा रिजाल धेरै पछि परेका छन्।

महामन्त्री पदमा २१२० मत गणना भइसक्दा रिजाल पाँचौँ नम्बरमा छन्। उनले ३६५ मत ल्याएका छन् ।