neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्तरोन्नतीका लागि मनकामना केबुलकार चार दिनको लागि बन्द

स्तरोन्नतीका लागि मनकामना केबुलकार चार दिनको लागि बन्द

Dec 16th, 2021

काठमाडौ, पुस १
नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । जस अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।

मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत रहनेछ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पाट्र्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ ।

चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ । कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुल ह्वील लगायत उपकरण भने साबिककै रहनेछ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi