काठमाडौ, पुुस १
नेपाल बैंक लिमिटेडले बुधबार काठमाण्डौको बसुन्धरा स्थित साउथवेस्र्टन स्टेट कलेजमा डिजिटल बैकिङ्गवित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड, काठमाण्डौ बैंकिङ्ग अफिस र साउथ वेस्र्टन स्टेट कलेजको सहकार्यमा बिधार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धी जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो ।
साउथ वेस्र्टन स्टेट कलेजका प्रिन्सिपल डा.राजेन्द्र के.सी.को सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय आविश्कार केन्द्रका संचालक तथा नेपाल बैंक लिमिटेडका ब्राण्ड एम्वासडर महावीर पुन प्रमुख अतिथिकोरुपमा रहेका थिए । त्यसैगरि बिशेष अतिथिकोरुपमा नेपाल बैंकका प्रमुख प्रशासकिय अधिकृत तथा प्रवक्ता प्रकाशकुमार अधिकारी, नेपाल बैंक काठमाण्डौ बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थी, नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, युवा उद्यमी सोना अमात्य, नायिका तथा मोडेल पुजा पन्त लगायतका अतिथिहरु उपस्थित रहेको उक्त कार्यक्रमको संचालन कलेजका भाईस प्रिन्सिपल हरि सिंह केसीले गरेका थिए ।
करिब २०० बिद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्ग प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रमका प्रमुख अतिथिश्री महाविर पुनले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक बिधार्थी उद्यमशिल बन्नु पर्ने आजको आवश्यकता रहेको बताए । राष्ट्रिय आविश्कार केन्द्रले उद्यमी बन्न चाहने विधार्थीलाइ सहयोग गर्ने आश्वासन पनि दिए । कार्यक्रमका सभापति तथा कलेजका प्रिन्सिपल डा.राजेन्द्र के.सी.ले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिंदै बिधार्थीहरुले यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त गरे ।
नेपाल बैंकका प्रमुख प्रशासकिय अधिकृत तथा प्रवक्ता प्रकाश कुमार अधिकारीले नेपाल बैंक र सााउथ वेस्र्टन स्टेट कलेज बिच आगामी दिनमा थप सहकार्य गरि अगाडि बढ्न सकिने विषयमा प्रष्ट पारे । नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले डिजिटल बैंकिङ्ग सम्बन्धी प्रस्तुतीकरण दिएको उक्त कार्यक्रममा युवा उद्यमी सोना अमात्यले पनि आफ्नो विचार ब्यक्त गरेकी थिईन ।
अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम,र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बंैकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।