neapl investment mega bank
  • गृहपृष्ठ
  • आज काठमाडौको तापक्रम ३ डिग्री, अझै चिसो बढ्ने

आज काठमाडौको तापक्रम ३ डिग्री, अझै चिसो बढ्ने

Dec 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौ १ पुस

काठमाडौमा आज हिजो भन्दा बढी चिसो महसुस गरिएको छ । आज बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री मापन भएको छ । आजको तापक्रम बुधबारभन्दा १.२ डिग्री सेल्सियसले घटेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

बुधबारको न्युनतम तापक्रम ४.२ थियो । काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५.७ डिग्री पुगेको छ। अझै केही दिनसम्म तापक्रम घट्दै जाने महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार जारी गरेको मौसमको बुलेटिन अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीले शुक्रबार बिहानबाट नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनारहेको छ।