neapl investment mega bank

वेस्ट ह्याममाथि आर्सनलको जित

Dec 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष १
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको वेस्ट ह्यामलाई २-० गोलले पराजित गरेको हो ।

एमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन गेब्रियल मार्टिनेली र एमिल स्मिथ रोएले एक-एक गोल गरे ।

खेलको ४८ औँ मिनेटमा गेब्रियल मार्टिनेलीले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६६ औँ मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा समेटिएको थियो ।वेस्ट ह्यामका भ्लादमिर काउफलले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा आर्सनलले खेलको ८७ औँ मिनेटमा उठायो ।

खेलको ८७ औँ मिनेटमा एमिल स्मिथ रोएले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै आर्सनलले १७ खेलबाट २९ अंक जोडेको छ र चौंथो स्थानमा उक्लिएको छ ।पराजित वेस्ट ह्यामको १७ खेलबाट २८ अंक छ र पाँचौं स्थानमा छ ।