neapl investment mega bank
  • गृहपृष्ठ
  • के नेपाल गरिब छ ? तिन महिनामा नेपालीले खरिद गरे २२ अर्बका सुनका गहना

के नेपाल गरिब छ ? तिन महिनामा नेपालीले खरिद गरे २२ अर्बका सुनका गहना

Dec 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर २९

महाकबि लक्ष्मी प्रसाद देबकोटाले के नेपाल सानो छ भनेर लेखेका थिए । अर्थात प्राकृतिक सुन्दरता र सभ्यताका हिसाबले उनले नेपाल सानो हैन ठूलो छ भनेर पुष्टि गरेका छन् ।

अहिले समय अलि फरक छ। सानो र ठूलो अहिले सेना तथा आर्थिक क्षमताले देखाउँछ । उत्तर कोरिया जस्तै कैयन साना देशहरु छन् । तर, बिश्वमा उसलाई कैयनले चिन्छन् , किनभने उसले आर्थिक रुपमा सम्पन्न नभएपनि परमाणुजन्य हतियारको आधारमा बिश्वका ठूला मुलुकलाई थर्काइरहेको छ।

अनौपचारिक रिपोर्टहरुले पछिल्लो समय चिन सबैभन्दा धनि मुुलुक भएको देखाउन थालेका छन् । चिनसँगै जोडिएको मुलुक नेपाल गरिब छ भनेर चिनीएको छ। नीति निर्माताले उचित निती निर्माण गरेर स्वदेशको पुँजी प्रयोग गरेर बिकास गर्न नसक्दा नेपाल गरिब देखिएको ।

के नेपालमै पुँजी छ त ? १ सय रुपैयाँमै खरिद गर्न सकिने सेयरमा कति गुणा बढि आवेदन पर्छ ? अनि मासिक नेपालमै कति सुन खपत हुन्छ । सम्पत्ति जोर्न होइन सौखका लागि नै नेपालीले गत तिन महिनामा मात्रै २२ अर्ब बराबरको सुनको गहना किनेको देखिन्छ ।

पछिल्लो तिन महिनामा मात्रै नेपालीहरुले बजारबाट करिब २२ अर्ब बराबरको सुनका गहना खरिद भएको छ।

साउन र भदौमा दैनिक १० देखि १५ किलो खपत हुने गरेको सुन असोज लागेसँगै खपत बढेर ३५ कािले पुगेको थियो । जुन कात्तिक महिनामा त तिहारका कारण बढेर ४० केजीसम्म पुग्यो । मंसिरमा पनि बिबाहका कारण दैनिक जसो ३५ केजी सुन खपत भएको छ।

२२ अर्ब बराबरको २८ सय किलो सुन पछिल्ला तिन महिनामा मात्रै खपत भएको छ । तर, विदेशबाट औपचारिक रुपमा भने पछिल्ला तिन महिनामा १८ सय केजी मात्रै आयात भएको छ । बाँकि १ हजार केजी बराबरको सुन भने अबैध रुपमा भित्रिएको सुन खपत भएको हुनसक्ने आशंका छ ।