आधारभूमि संवाददाता
काठमाडौ, मंसिर २९
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीले लीड्सलाई ७-० गोलले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीलाई जित दिलाउन केभिन डे ब्रुइनले दुई गोल गरे भने फिल फोडेन ,ज्याक ग्रिलिस ,रियाद महारेज,जोन स्टोन्स र नाथन एकेले एक-एक गोल गरे ।
खेलको आठौं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १३ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
खेलको ३२ औं मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।
दोस्रो हाफको ४९ औं मिनेटमा रियाद महारेजले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।
खेलको ६२ औं मिनेटमा ब्रुइनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० ले अघि बढाए।
खेलको ७४ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै टोलीलाई ६-० ले अघि बढाए।
त्यसपछि खेलको ७८ औं मिनेटमा नाथन एकेले दोस्रो गोल गर्दै टोलीलाई ७-० को फराकिलो जित दिलाए ।
जितसंगै म्यानचेस्टर सिटीले १७ खेलबाट ४१ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित लीड्सको मड्रिडको १७ खेलबाट १६ अंक छ र १६ औं स्थानमा छ ।