काठमाडौं, मंसिर २८
नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्टथ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अबरोडवेज लाइफ स्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्री पछिको सेवाको जिम्मेवारी पाएको हो ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दे आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो । स्कोडाको नयाँ सोरुमको उद्घाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्तरुपमा गरेका हुन ।
‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बुटबलमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ एमएडब्लु स्कोडाका रौनक अग्रवालले भन्नु भयो, ‘यो फेसिलिटीले पश्चिमी नेपालमा हाम्रो उपस्थितिलाई झनै बलियो बनाउनेछ ।’
उद्घाटन समारोहपछि प्रदेशमन्त्री अजय शाहीले स्कोडा बुक गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेका थिए । स्कोडाको नयाँ डिलर रोडवेज लाइफ स्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दे छ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’ को सुविधा पाउनेछन । हाल पोेखरा, नारायणघाट, विराटनगर, विरगंज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।