neapl investment mega bank

एमालेको विरोधका कारण संसद बैठक स्थगित

Dec 14th, 2021


आधारभूमि संवाददाता

काठमाडौं २८ मंसिर

प्रतिनिधिसभाको पहिलो बैठक बसिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले अबरोध गरेका छन् । एमालेको विरोधकाबीच सरकारले सदनमा ६अध्यादेश पेश गरेको छ ।

आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै एमालेले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ। अध्यादेश पेसपछि पनि एमाले सांसदको विरोध जारी राखेका थिए ।

आज शुरू भएको प्रतिनिधिसभाको बैठकमा सरकारले सामाजिक सुरक्षा (पहिलो संशोधन) २०७८ अध्यादेश सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची अनुरुप ति अध्यादेश पेश भएका हुन् ।

विभिन्न मन्त्रालयका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले ६ अध्यादेश सदनमा प्रस्तुत गरेका थिए । मन्त्री बडुले नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिंसा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश बैठकमा पेस गरेका हुन् ।

एमालेको विरोध नरोकिएपछि सभामुख सापकोटाले बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरेका छन् ।