neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्रिपरिषद विस्तार गर्दै बागमती प्रदेश

मन्त्रिपरिषद विस्तार गर्दै बागमती प्रदेश

Dec 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौ २८ मंसिर


वागमती प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदै छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद रहेको वागमती प्रदेशमा मन्त्रालय भने १४ वटा छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो। मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाललाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको हो ।

नेपाली कांग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन । यसैगरी नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धरलाई मन्त्री बनाइने तयारी भैरहेको छ