neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

Dec 14th, 2021

काठमाडौ, मंसिर २८
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालित उक्त शिविरमा प्रमुखतस्कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परिक्षण गरिएको बैंकले जानकारी दिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरबाट करिव एक सय जना लाभन्वीत भएको कुरा बैंकले जनाएको छ । उतm अवसरमा विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्याक्रम आयोजना गरिएको कुरा सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए । साथै का.म.न.पा. वडा नं. ४ का वडा अध्यक्ष मोहनबहादुर बिष्टले बैंकको कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आइरहेको छ ।