neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा समावेश

लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा समावेश

Dec 14th, 2021

काठमाडौ, मंसिर २८
लक्ष्मी बैंकले दिगो वातावरणप्रतिको प्रतिवद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लो कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा सामेल भएको छ । पिक्याफ हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयककग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबिचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि पिक्याफको विधिलाई वित्तिय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।

लक्ष्मी बैंकले पिक्याफमा सामेल भई नेट–शुन्य भविष्यतर्फ अग्रसर हुुंदा कोप २६ मा नेपालको राष्ट्रिय प्रतिबद्वतालाई समेत सहयोग पुग्नेछ । यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्नेबैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेको छ ।

हाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,; लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भन्नुभयो, पिक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ, । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रर्वधन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौं, बैंकले भनेको छ ।