काठमाडौं, मंसिर २८
रेनोको नया शोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ। नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कम्पनीले लाहानमा नयाँँ शोरुम खोलेको हो । यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स रहेको छ। भाग्य महालक्ष्मी अटोमोबिल्स प्रा। लि। को सञ्चालक राम शाहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लाहानका अशोक लाल अमात्यको प्रमुख अतिथि तथा कम्पनीका जेनेरल म्यानेजर श्री अधिर कुमार श्रेष्ठ र सेल्स नेट्वर्क प्रमुख श्री बिपुल भट्टराई बाट उद्घाटन समारोह सम्पन्न भएको हो ।
कम्पनीका जेनेरल म्यानेजर श्री अधिर कुमार श्रेष्ठज्युले भन्नुभयो, “हामी हाम्रा ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौँ। नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ।”सेल्स नेट्वर्क प्रमुख श्री बिपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताउनुभयो ।
यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर,काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन। यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन् ।