आधारभूमि संदाददाता
काठमाडौ ,२७ मंसिर
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहित अन्य पदाधिकारीको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन तथा हेरफेर गरेको हो।
बैठकमा आलीले ४५ सदस्य रहने गरी स्थायी कमिटी प्रस्ताव गरेका थिए । ओलीले १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव गरेका थिए जसमध्येबाट केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको गरेको हो ।
नयाँ कार्यविभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी परेको छ । साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ भने प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।
यसैगरी प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरूङले पाएका छन् भने योगेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ।
यस्ता छ जिम्मेवारी बाँडफाँड
अध्यक्ष केपी शर्मा ओलीः समग्र पार्टी
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलः नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवालीः स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यः राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादलः राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेलःपार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङः संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डेः राजकीय मामिला
महासचिव शंकर पोखरेलः समग्र पार्टी
प्रदीप ज्ञवालीः स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङः प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
योगेश भट्टराईः स्वास्थ्य तथा जनसंख्या विभाग
भीष्म अधिकारीः कार्यालय सचिव
खगराज अधिकारीः संगठन विभाग