neapl investment mega bank
  • गृहपृष्ठ
  • आगामी वर्ष देखि हिउँदमा पनि बिजुली आयात नगर्ने उर्जा मन्त्रीको घोषणा, खपतमा छैन योजना

आगामी वर्ष देखि हिउँदमा पनि बिजुली आयात नगर्ने उर्जा मन्त्रीको घोषणा, खपतमा छैन योजना

Dec 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर २७

मुुलुक आगामी वर्षदेखि बिद्युतीय उर्जामा आत्मनिर्भर हुने भएको छ । उर्जामन्त्री पम्फा भुसालले आगामी वर्ष देखि देशमा हिउँदका समयमा पनि बिजुली आयात गर्न नपर्ने बताएकि छन् ।

आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बिजुली ब्यापार संभावना र चुनौति सम्वन्धि कार्यक्रममा बोल्दै उनले आगामी वर्षसम्ममा भने केहि आयोजनाको निर्माण सकिने र त्यसपछि बिजुली आयात गर्न नपर्ने बताएकि हुन् ।

वर्षातका समयमा बिजुली मध्यरातमा ५ सय मेगावाटसम्म खेर गएपनि हिउँद लागेसँगै भने प्राधिकरणले पुन भारतबाट आयात गर्न थालेको छ । तर, उत्पादन बढ्ने निश्चीत भएपनि सरकारले त्यो बिजुली आन्तरिक रुपमै खपत गर्ने योजना बनाएको छैन । वर्षातका समयमा बिजुली खेर जान थालेपछि उर्जा मन्त्रालय, बिद्युत प्राधिकरण र आयोजनामा लगानी गरेका बैंकहरु चिन्तीत हुन थालेका छन् । मन्त्री भुसालले बिद्युत ब्यापारका बिषयमा प्राधिकरण र मन्त्रालयको जोडबलले मात्रै नपुग्ने भइ राजनीतिक नेर्तत्वको प्राथमिकता नै यसमा रहुनपर्ने बताएकि छन् ।

निजी क्षेत्र भने खपतका बिषयमा सरकार नीतिगत निर्णयमा चुकेकाले वर्षातमा बिद्युत खेर जाने स्थिती आएको बताएको छ । तीन वर्ष अघि पूर्व उर्जा मन्त्री वर्षमान पुनले १५ स्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने योजना बनाएका थिए । तर त्यसयता खपत बढाउने विषयमा भने योजनामा निर्माणमा सरकार चुक्दै आएको छ ।

बिद्युत खपतका लागि सरकारले सुरुवातमा वर्षेनि बढिरहेको आयात डिजल पेट्रोलको आयातलाई रोकेर लामा दुरीका बिद्युतीय बस र ट्याक्सी सञ्चालन गर्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई उर्जामा लगानी गर्न बाध्य बनाएको छ । बिद्युत खपत नहुने र आयोजना घाटामा जाँदा वित्तीय क्षेत्रमा नै समस्या पैदा हुने हो कि भन्ने बैंकरहरुमा भय देखिन्छ।