आधारभूमि संवाददाता
काठमाडौं,२७ मङ्सिर
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।आइतबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन करिम बेन्जेमा र मार्को एसेन्सियोले एक-एक गोल गरे ।
खेलको १६ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५७ औं मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।
जितसंगै रियल मड्रिडले १७ खेलबाट ४२ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित एट्लेटिको मड्रिडको १६ खेलबाट २९ अंक छ र चौथो स्थानमा छ ।